अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडीको संज्ञा दिएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि अल्भारेजले मेस्सीको प्रदर्शनको खुलेर प्रशंसा गरेका हुन् । अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टलाई ३–२ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा २–० ले पछि