वाणगंगा–९ को एकीकृत घुम्ती शिविरबाट ९०४ जना लाभान्वित

  • बुधबार २४ असार २०८३ १२:३१ AM
असार २४, कपिलवस्तु । वाणगंगा नगरपालिका–९ भर्तापुरमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट ९०४ जना सेवाग्राही लाभान्वित भएका छन्। स्थानीय नागरिकलाई घरदैलोमै सहज र प्रभावकारी सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र नवीकरण, व्यवसाय दर्ता तथा नवीकरण, स्वास्थ्य परीक्षण, आयुर्वेद सेवा, कृषि तथा पशु सेवा, सुरक्षित आप्रवासनसम्बन्धी परामर्शलगायत विभिन्न सेवा