असार २४, उदयपुर । उदयपुरगढी गाउँपालिकामा सुनका गहना सफा गरिदिने बहानामा ठगी तथा चोरी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्यका गोविन्द साह र सचिन साह रहेका छन्। प्रहरीका अनुसार उनीहरूले ग्रामीण महिलालाई सुनका गहना सफा गरिदिने भन्दै विश्वासमा पारेर गहना चोरी गरेका थिए। स्थानीय पेसलकुमारी मगर र मनमाया