कर्णाली नदीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो, तीन जना र गाडी अझै बेपत्ता

  • मङगलबार २३ असार २०८३ ०१:३९ PM
कर्णाली । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव कैलालीमा फेला परेको छ । असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा कर्णाली नदीमा खसेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडीमा सवार पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवाको शव कैलालीको मोहन्याल गाउँपालिका–६ मा फेला परेको