साउनदेखि मधेसबाहेक सबै प्रदेशमा सरकार फेरबदलको तयारी, बागमतीमा एमालेको दाबी

  • मङगलबार २३ असार २०८३ ११:२८ AM
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको आलोपालो नेतृत्वको पूर्वसहमतिअनुसार साउनको पहिलो सातादेखि मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने तयारी भएको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पूर्वसहमतिअनुसार नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने बताए । उनका अनुसार मधेस प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले