मौद्रिक नीति सार्वजनिक : निजी क्षेत्रमा ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य, आर्थिक वृद्धिदर ७ प्रतिशत प्रक्षेपण

  • मङगलबार २३ असार २०८३ ११:२८ AM
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकको ६०औँ मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ भने ब्रोड मनि स्पलाई १४ प्रतिशत कायम गर्ने प्रक्षेपण गरेको छ