काठमाण्डु – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि अधिकांश नीतिगत दर, बैंकदर र स्थायी निक्षेप सुविधा यथावत राख्दै मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले नीतिगत दर, बैंक दर र स्थायी निक्षेप सुविधा दरलाई यथावत् राखेको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात