धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमारास्थित पृथ्वी राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बस रोकी चेक–जाँच गरेको थियो ।जाँचका क्रममा बसमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–३ निवासी ४१ वर्षीय मोहनप्रसाद कुर्मी र सोही स्थानकी ३५ वर्षीया प्