फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न मिल्दैन : महावीर पुन

  • मङगलबार २३ असार २०८३ ०९:४६ AM
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था विधि विज्ञान प्रयोगशाला विधेयकमा समावेश गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले व्यक्तिको गोपनीयताको संरक्षणका लागि फरेन्सिक परीक्षण तथा प्रयोगशालाको प्रतिवेदन सार्वजनिक डोमेनमा राख्ने प्रस्तावित व्यवस्था हटाउनुपर्ने धारणा राखेका