नगर प्रमुख दिपेन्द्र महतोसहित तीन जनाविरुद्ध मुद्दा दायर

  • मङगलबार २३ असार २०८३ १२:०१ PM
जनकपुरधाम : गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महताविरुद्ध मुद्दा दर्ता भएको छ । निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेको कुटपिट तथा दुर्व्यवहारमा प्रत्यक्ष संग्लन रहेको आरोपमा गौशाला नगरपालिकाका मेयर डा. महतोलाई अपराधिक उपद्रव तथा हुलदङ्गा शीर्षकमा मुदा दर्ता गरिएको हो । गत बिहीबार निगौल गाई गौशालाको जग्गामा नगरपालिकाले जवरजस्ती ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख पाण्डेलाई नगर प्रमुखको निर्देशनमा मेयरकै सामुन्ने नगर प्रहरीले कु