लुम्बिनी प्रदेश सभाको १५औँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल

  • मङगलबार २३ असार २०८३ ०३:३३ AM
बुटवल, असार २३। लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत १५औँ बैठक आज मङ्गलवार दिउँसो १ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको समूहगत छलफललाई निरन्तरता दिइनेछ। स्वास्थ्य, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, पर्यटन तथा यातायात तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ।