देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

  • मङगलबार २३ असार २०८३ ०२:०६ AM
काठमाण्डु– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले पुर्जी काटेको छ । सम्पत्ति शुद्धीकरण जाँचबुझका लागि केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भन्दै बुढानिलकण्ठमा रहेको देउवाको घरमा पूर्जी टाँस गरेकाे हाे । पत्रमा ‘सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ अनुसन्धानको सिलसिलामा तपाईंसंग केही कुरा बुझ्नु पर्ने भएकाले