काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूको बैठक पनि सुरु भएको छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा पार्टीका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा देखिएको विवाद तथा पार्टीको