कर्णाली दुर्घटनामा सरकारमाथि सांसदहरूको प्रश्न : सत्यतथ्य सार्वजनिक गर्न ‘रुलिङ’को माग

  • सोमबार २२ असार २०८३ ०७:५१ AM
काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा यात्रुवाहक गाडी खसेर एक जनाको मृत्यु तथा चार जना अझै बेपत्ता रहेको घटनाप्रति सरकार बेखबर रहेको भन्दै प्रतिनिधिसभामा सांसदहरूले कडा आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको घटनाबारे