काठमाडौं : सरकार गठन भएको १०० दिन पूरा हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले कानुनी, नीतिगत तथा प्रशासनिक सुधारका पहललाई उपलब्धिका रूपमा सार्वजनिक गरेको छ। लगानीमैत्री वातावरण निर्माणदेखि राजस्व प्रशासन सुधार, पुँजी बजारमा विश्वास अभिवृद्धि र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने दाबी मन्त्रालयले गरेको छ। अर्थ मन्त्रालयका १०० दिनका उपलब्धिका दाबी र कार्यान्वयनको परीक्षाबीच उभिएको देखिन्छ। सरकार गठनसँगै आर्थिक सुधार, सुशासन, रोजगारी सिर्जना, लगानी प्रवद्र्धन, शिक्षा, स्वा