असार २२, कपिलवस्तु । तौलिहवामा सञ्चालित तीन यातायात व्यवसायी प्रालिबीचको विवादका कारण तौलिहवा–भैरहवा सडकखण्डमा बस सेवा अनियमित बनेपछि यात्रुले सास्ती भोग्नुपरेको छ। चार दिनअघि पश्चिम नेपाल बस व्यवसायी समितिले तौलिहवाबाट काठमाडौंका लागि दैनिक बिहान ८:३० बजे ‘तौलेश्वरनाथ’ नामको विद्युतीय (ईभी) बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीबीच विवाद चर्किएको हो। प्राचीन कपिलवस्तु यातायात प्रालिले नयाँ ईभी