मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग

  • आइबार​ २१ असार २०८३ ०१:१३ PM
काठमाडौं । मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटप्रति प्रतिपक्षी दलहरूले कडा असन्तुष्टि जनाउँदै बजेट पुनर्लेखन गर्न माग गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलले जनमत पार्टीका प्रदेशसभा सदस्यहरूसँग संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बजेटलाई अव्यावहारिक, असन्तुलित, संघीयताको मर्मविपरीत तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाइएको हो