डोल्पामा बोलेरो जिप दुर्घटना :एकको मृत्यु,१३ जना घाइते

  • आइबार​ २१ असार २०८३ ०५:०० PM
काठमाडौं : डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८,डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर द