एमाले कार्यदल बैठकको मिति परिवर्तन, अब असार २५ गते बस्ने

  • आइबार​ २१ असार २०८३ १०:२३ AM
काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि असार २२ गतेका लागि तय गरिएको बैठक विशेष कारणवश असार २५ गतेका लागि सारिएको हो । पार्टीले निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले थापा नेतृत्वमा कार्यदल गठन गरेको थियो ।