काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने उच्च जोखिममा रहेको भन्दै सम्पत्ति शुद्धीकरण नियन्त्रण, सुशासन र वित्तीय अनुशासनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सभाको शनिबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आवश्यक कानुनी तथा संस्थागत सुधारमा ढिलाइ