त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खा विदेश लैजान लागेको अवस्थामा एक पाकिस्तानी नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार बिहिवार कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ मार्फत काठमाडौंबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय पाकिस्तानी नागरिक शाहिद महमुदलाई अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङका क्रममा नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनको साथबाट