स्वास्थ्यमन्त्री मेहताको १०० दिन : स्वास्थ्य सेवा सुधारदेखि बीमा भुक्तानीसम्मका उपलब्धि दाबी

  • शनिबार २० असार २०८३ ०७:१३ AM
काठमाण्डु- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्। शनिबार सार्वजनिक गरिएको प्रगति विवरणमा स्वास्थ्य सेवा नागरिकमैत्री बनाउने, अस्पताल व्यवस्थापन सुधार गर्ने, औषधि वितरण प्रणाली सुदृढ बनाउने तथा स्वास्थ्य बीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने दिशामा विभिन्न काम अघि बढाइएको उल्लेख गरिएको