काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो । राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे