काठमाडौं : फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलहरु सकिएको छ। यो सँगै २३ औं संस्करणको विश्वकपले आफ्नो अन्तिम १६ टोली पाएको छ। अन्तिम १६ का खेलहरु शनिबार रातीबाट सुरु हुँदैछन्। शनिबार बिहान भएको कोलम्बिया र घानाको खेल राउन्ड अफ ३२ को अन्तिम खेल थियो। जसमा कोलम्बियाले घानालाई १–० ले पराजित गरेको हो। शनिबार भएको खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्यो। दोस्रो खेलमा साविक विजेता अर्जेन्टिनाले केप भर्डेविरुद्ध निकै संघर्षपूर्ण जित दर्ता गर्यो। राउन्ड अफ १६