महिला सेवाग्राहीलाई फोन र सन्देशमार्फत अश्लील तथा अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोपमा एक जना याङ्गो चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार एक महिला सेवाग्राहीले याङ्गोमार्फत अनलाइन बुकिङ गरी सेवा लिएको केही समयपछि चालकले सेवाग्राहीको फोन नम्बरमा पटक–पटक कल तथा सन्देश पठाउँदै अश्लील र अपमानजनक भाषा प्रयोग गरी दुर्व्यवहार गरेको भन्ने