हेटौँडा। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५ वर्षीय शिशिर परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिशिर परियारविरुद्ध चोरी (मोटरसाइकल चोरी) मुद्दामा सम्मानित मकवानपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दा नं. ०८१–ऋ१–०३०६ मा सुरुमा रु. १ लाख धरौटी माग गरिएको थियो। धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार कार्यालय भीमफेदी चलान भएका थिए। पछि मिति २०८२ पुस १४ गते अदालतबाट भएको अन्तिम फैसलाअनुसार परियारलाई १ वर्ष ३ महिना कैद सजाय तोकिएको थियो। उनी उक्त सजाय ... The post जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ appeared first on Kalika Khabar.