काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज कम्पनी रजिष्ट्रारको कार्यालयको आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा कार्यालयका प्रमुख रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले मन्त्रीसहितको टोलीलाई स्वागत गर्दै पछिल्लो एक महिनामा कार्यालयले अगाडि बढाएका सुधारबारेमा जानकारी गराएकी थिइन् । प्रमुख रजिष्ट्रार श्रेष्ठका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ मा उल्लेखित