कर्णालीमा फोर्स गाडी दुर्घटना (अपडेट): उपचारका क्रममा एकजनाको मृत्यु, अन्यको खोजि जारी

  • शुक्रबार​ १९ असार २०८३ १२:०० PM
दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेटारा क्षेत्रमा फोर्स गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको  पुष्टि भएको छ। मृत्यु हुनेमा कालिकोटको पचाल झरना गाउँपालिका–९ निवासी ४५ वर्षीय जेखे तिरवा रहेका छन्। घटनास्थलबाट उद्धार गरी उपचारका लागि नगर अस्पताल दुल्लु पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।दुर्घटना बिहीबार बिहान करिब ११:३० बजे भएको हो। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम