एभरेस्ट बैंकको कार्ड सेवा अब नयाँ प्रणालीमा, ईएफटी स्विचमार्फत कारोबार

  • शुक्रबार​ १९ असार २०८३ ०२:५८ AM
काठमाडौं । एभरेस्ट बैंकले आफ्नो कार्ड सेवा नयाँ प्रणालीमार्फत अघि बढाएको छ । अब बैंकका भिसा कार्डसँग सम्बन्धित सबै कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल( को ईएफटी कार्ड स्विचमार्फत सञ्चालन हुनेछन् । यससँगै बैंकले नेपालपे कार्ड पनि जारी तथा स्वीकार गर्नेछ । यसले ग्राहकलाई देशभरका एटीएम, पीओएस मेसिन र विभिन्न डिजिटल माध्यमबाट कार्ड प्रयोग गर्न अझ