बालश्रममुक्त स्थानीय तह घोषणा गरेबापत बाणगंगा नगरपालिका नेपाल सरकारबाट सम्मानित

  • बिहीबार १८ असार २०८३ ०३:४४ PM
कपिलवस्तु, असार १८ । कपिलवस्तुको बाणगंगा नगरपालिका नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालयबाट सम्मानित भएको छ । बालबालिकाको सर्वोत्तम हित, सुरक्षित भविष्य तथा सम्मानजनक सामाजिक जीवन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय बालश्रम अन्त्य अभियान अन्तर्गत बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ मा उल्लेखित सबै सूचकहरू पूरा गरी सफलतापूर्वक बालश्रममुक्त स्थानीय तह घोषणा गरेबापत