ड्युटीमा रहेका ८ जना नगरप्रहरी पक्राउ

  • बिहीबार १८ असार २०८३ ०८:०० PM
महोत्तरी : महोत्तरी प्रहरीले गौशाला नगरपालिकामा कार्यरत नगरप्रहरीलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि आएको प्रहरीको टोलीले ड्युटीमा रहेका ८ जना नगरप्रहरीलाई कार्यालयबाट पक्राउ गरेको हो। केही दिन अगाडि निगौल गाई गौशालाको जग्गाबाट नाला निर्माण गर्ने क्रममा विवाद हुँदा नगरप्रहरीले कार्यालय प्रमुख कान्तीकुमारी पाण्डेलाई हातपातसहित दुर्व्यवहार गरेको थियो। सोही मुद्दामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको छ।&nbs