काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले सरकारले भूमिहीन सुकुम्वासी समस्या समाधानको दिशामा ऐतिहासिक कदम चालेको बताएका छन् । बिहीबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सांसद प्रसाईँले निर्वाचनका समयमा जनतासँग गरिएको वाचा पूरा गर्ने क्रममा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ का २९ परिवारलाई लालपुर्जा वितरण