महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

  • बिहीबार १८ असार २०८३ ०८:२३ AM
काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौंको बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसाद रहेका छन्। प्रहरीका अनुसार निसादले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लिल भिडियो तथा तस्बिरहरूको दुरुपयोग गरी ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए। उनले ती सामग्रीहरू देखाएर पीडितलाई मानसिक तनाव र दुःख हैरानी दिनुका साथै अनुचित लाभ लिनका लागि बारम्बार दबाब दिने गरेको साइबर ब्यूरोले अनुसन्धानबाट खुलेको जनाएको छ। आफ्नो स्वार्थ पूरा नभएपछि निसादले ती अश्लिल भिडियो र तस्बिरहरू ... The post महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ appeared first on Kalika Khabar.