वीरेन्द्रनगर : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडामा फोर्स गाडी कर्णालीमा खसेको छ । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी शुक्रबार बिहान करिब ११:३० बजे दुर्घटनामा परी कर्णाली नदीमा खसेको हो।दुर्घटनाबारे टेलिफोनमार्फत सूचना प्राप्त हुनासाथ उद्धार सामग्रीसहित प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको छ । प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदी