इरान : इरानका पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको पार्थिव शरीर गत फेब्रुअरी महिनादेखि नै कोल्ड स्टोरेजमा राखिएको छ । आगामी जुलाई ९ मा उनकाे पार्थिव शरीर समाधिस्थ गरिने छ । उनको शवयात्रा र अन्त्येष्टिसम्बन्धी धार्मिक विधि–विधान इरान र इराकमा पाँच दिनसम्म सञ्चालन हुनेछन् ।यद्यपि, यो ऐतिहासिक अवसरमा इरानी प्रशासन उच्च सतर्क छ । कारण, खामेनीको अन्तिम विदाइका क्रममा पनि अयातुल्लाह रूहोल्लाह खुमैनी र कासिम सुलेमानीको शवयात्रामा जस्तै भागदौड र ज्यान जाने दुर्घटना दोहोरिने हो कि भन्न