कर्णाली नदीमा गाडी खस्यो

  • बिहीबार १८ असार २०८३ ०८:०१ AM
काठमाण्डु – दैलेखस्थित कर्णाली नदीमा यात्रुवाहक हाइस माइक्रोबस खसेको छ । सुर्खेतबाट कालीकोटको लागि छुटेको हाइस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडाबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र नदीमा खसेको हाइसको खोजी भइरहेको प्रहरीले जनाएको छ । कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त हाइ सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो