धितोपत्र बोर्डका अध्यक्ष र ब्रोकरबीच छलफल, पुँजी बजारलाई उचाइमा पु-याउने सहमति

  • बिहीबार १८ असार २०८३ ०८:०२ AM
काठमाण्डु– ब्रोकर एसोसिएनका प्रतिनिधिले धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग भेटेर आफ्ना सरोकारहरुबारे ध्यानकर्षण गराएको छ । बिहीबार भएको भेटका क्रममा अध्यक्ष भट्टले पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताए । बजेट तथा नीति–कार्यक्रममा उल्लेख गरिएका उद्देश्य र प्राथमिकताअनुसार पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि