सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने सरकारको घोषणा

  • बिहीबार १८ असार २०८३ ०७:१८ AM
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको सेवा सातै प्रदेशमा विस्तार गरिने बताएका छन् । उनले चालु आर्थिक वर्षभित्रै कम्तीमा दुई वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य रहेको पनि जानकारी दिए । बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा मन्त्री पुनले हाल चार