पर्वत : पर्वतमा एक १२ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक ५३ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले जलजला गाउँपालिका ठोट्नेरी बस्ने ५३ वर्षीय गोरबहादुर विकलाई बुधबार बेलुकी पक्राउ गरेको हो । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस्तै कञ्चनपुरमा एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पुनर्वास नगरपालिका–१० भिमबस्ती बस्ने १९ वर्षीय रमेश ढाँट भन्ने रा