कांग्रेस इतरपक्षले खोल्यो सम्पर्क कार्यालय

  • बिहीबार १८ असार २०८३ ०६:२७ AM
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । इतरपक्षका नेता प्रकाशशरण महतका अनुसार नेताहरूबीच नियमित भेटघाट, छलफल र समन्वयका लागि कार्यालय खोलिएको हो । उनले भने, ‘अहिलेसम्म हामीसँग भेटघाट गर्ने आफ्नै ठाउँ थिएन । अब सबै मिलेर घर भाडामा लिएका छौँ । त्यहीँ बसेर छलफल र आवश्यक बैठक गर्नेछौँ