पत्रकार खेम भण्डारी पक्राउ

  • बिहीबार १८ असार २०८३ ०५:५३ AM
कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका-१८ बाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएका छन्। पत्रकार भण्डारी विरुद्ध कञ्चनपुरकै किरण विष्टले गाली बेइज्जती मुद्दा दायर