वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित शंखधर साख्वा चिल्ड्रेन्स पार्क क्षेत्रमा सञ्चालित होटल तथा क्याफेहरूमा बालबालिकाको स्वास्थ्य, नैतिक विकास तथा भविष्यमा प्रतिकूल असर पार्ने हुका, चुरोट, खैनी, गुट्खा, रक्सी, बियर लगायतका सुर्तीजन्य तथा मदिराजन्य पदार्थहरूको बिक्री तथा प्रयोग भइरहेको सूचनापछि वीरगञ्ज महानगरपालिकाले छापामारी गरेको छ। महानगरपालिकाका कार्यवाहक नगरप्रमुख ईम्त्याज आलम को निर्देशनमा खटिएको टोलीले गरेको अनुगमनका क्रममा हुका, चुरोट, सुर्तीजन्य सामग्री तथा मदिराजन्य वस्तुहरू बरामद भएको जानकारी महानगरपालिकाले दिएको छ। चिल्ड्रेन्स पार्क बालबालिकाले खेल्ने, सिक्ने, रमाउने र स्वस्थ वातावरणमा समय बिताउने उद्देश्यले निर्माण गरिएको सार्वजनिक स्थल हो। यस्तो स्थानमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको ... The post चिल्ड्रेन्स पार्कमा महानगरको छापा : हुका, चुरोट, रक्सी–बियरसहित सुर्तीजन्य सामग्री बरामद, बालमैत्री वातावरण जोगाउन कडाइ appeared first on Kalika Khabar.