मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १८–१९ वर्षीय रवीन्द्र रावतमाथि चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ । चट्याङका कारण केही भेडाबाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भएको भए पनि कति संख्यामा पशुचौपाया मरेका ... The post चट्याङ लागेर एक युवकको मृत्यु, २ घाइते appeared first on Kalika Khabar.