काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्लन कार्यक्रममा उनले अहिले नीति, विचार, उद्देश्य बोकेर