असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतको सफाइ उल्टियो, लक्ष्मी महतोलाई ५ वर्ष कैद सजाय

  • बुधबार १७ असार २०८३ ०२:०५ PM
असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका नेकपा (एमाले)का नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको २०८० मंसिर २८ गतेको सफाइ दिने फैसला उल्ट्याउँदै महतोलाई दोषी