राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः पर्यटनमन्त्री पौडेल

  • बुधबार १७ असार २०८३ ११:२९ AM
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक (नेपाल वायुसेवा निगम)को पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताएका छन् । नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार भएर लाग्नुपर्ने बताए । निगमको विकासमा अहोरात्र खटिने इमान्दार, नैतीकवान र जिम्मेवार कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले ध्यान