रास्वपाका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सभापति लामिछानेसमक्ष शपथ

  • बुधबार १७ असार २०८३ ०२:०१ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन्।बुधबार पार्टी कार्यालय बनस्थलीमा पार्टी सभापति रवि लामिछानेसमक्ष निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। शपथसँगै सभापति लामिछानेले प्रमाणपत्र प्रदान गरेका छन्।सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै