सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको स्वागत गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा इन्धनको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनुपर्ने उल्लेख गरेका छन्। विज्ञप्तिमा इन्धनको मूल्य