पूर्णखोप घोषणाको संघारमा कोशी प्रदेश

  • मङगलबार १६ असार २०८३ ०८:०० PM
विराटनगर : कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा हुने संघारमा पुगेको छ। प्रदेशका सबै स्थानीय तह र सबै वडाले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणीकरण प्रक्रिया पूरा गरेपछि अब प्रदेशस्तरीय घोषणा मात्र बाँकी रहेको हो। तर, घोषणा नजिकिँदै गर्दा स्वास्थ्यकर्मीहरूले अझै केही बालबालिका किन नियमित खोपबाट वञ्चित भइरहेका छन् ? भन्ने महत्वपूर्ण प्रश्न पनि उठाएका छन्। यही प्रश्नलाई केन्द्रमा राखेर मंगलबार विराटनगरमा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाले राष्ट्रिय खोप कार्