काठमाडौं । दृष्टिविहीन व्यवसायीहरू आफ्ना माग सम्बोधनको माग गर्दै विगत नौ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगार गर्दै आएका उनीहरूले सरकारले व्यवसाय गर्नसमेत अवरोध गरेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । उनीहरूले सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त नागरिकको सम्मानजनक व्यवस्थापन गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारी उपलब्ध गराउनुपर्ने तथा